Logo

नेकपा एसको महाधिवेशन : बन्द सत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेश गरिने



काठमाडौं, असार १७ । नेकपा (एकीकृत समाजवादी) को दसौं महाधिवेशनमा आजबाट बन्द सत्र सुरु हुदैछ छ। बन्द सत्र सुरु हुनुअघि अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीले जनाएको छ।

बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ। प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुनेछ।

एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ। एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसाल उठ्ने चर्चा भइरहेको छ। महाधिवेशन असार २० गतेसम्म चल्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot