Logo

सोह्रखुट्टेमा सडक भासियो, पानीको मूल फुटेको आशङ्का



काठमाडौं, असार १९ । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बिहान करिब ५ः३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको छ ।

बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । बाख्इकलाई क्रेनको मद्दतले बाहिर निकालिएको छ ।

जुद्ध समसेरको पालामा गाडिएको खानेपानीको पाइपबाट पानी आएको आशङ्का गरिए पनि पानी बन्द गर्दा समेत उक्त खाल्डोबाट पानी आउन बन्द नभएपछि मूल फुटेको हुनसक्ने स्थानीयबासीको अनुमान छ । उक्त सडकमा बिहानैदेखि यातायात आवागमन ठप्प छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot