काठमाडौं, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय विभागहरुको कार्यदलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव पेस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा महासचिव शंकर पोखरेलको नेतृत्वमा पुगेको टोलीले प्रधानमन्त्री ओलीसमक्ष उक्त सुझाव पेश गरेको हो ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको भन्दै यसपटक देश र जनतालाई परिवर्तनको राहत महशुस हुनेगरि काम गरिने विश्वास दिलाएका छन् । मन्त्रिपरिषद्को हिजोको बैठकमा समेत विभिन्न पाँच समिति गठन गरेर नेतृत्व तोकिएको छ ।