Logo

रमेश लेखक गृहमन्त्री बनेपछि प्रमुख सचेतकमा श्याम घिमिरे नियुक्त



काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट निर्वाचित सांसद् श्याम घिमिरेलाई नियुक्त गरेका छन् ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रमेश लेखक वर्तमान सरकारमा गृहमन्त्री बनेपछि रिक्त रहेको उक्त पदमा घिमिरेलाई नियुक्त गरिएको हो । सचेतकको जिम्मेवारीमा भने सुशिला थिङ छिन् ।file photo



प्रतिक्रिया दिनुहोस्