Logo

ओलीपछि सरकारको नेतृत्व कांग्रेसमा आउनेमा ढुक्क देखिएनन् शेखर, उठाए प्रश्न



काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयनमा तलमाथि गर्न नहुने बताएका छन् । उनले कांग्रेस र एमाले मिलेर बनाईएको अहिले सरकारबाट कुनै गल्ती वा कमजोरी गर्ने छुट नभएकोतर्फ सचेत गराएका छन् ।

बिपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा आज (आइतबार) आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीपछि सरकारको नेतृत्वमा कांग्रेसको हातमा आउनेमा पनि आशंका व्यक्त गरेका छन् ।

सम्बोधनको क्रममा उनले भने,‘आज कांग्रेस सम्मिलित सरकार बनेको हुँदा तपाईँहरू खुसी हुनुहुन्छ । राम्रो काम गर्ला भन्ने लागेको छ । तर, भोलि के हुन्छ तपाईँ हामी सोचिरहेका छौँ । यो टिक्छ त भनेर । त्यस्तो अवस्थामा यो सरकार गइरहेको छ । यसलाई रोक्न हामीले निर्वाचन प्रणालीमा सुधार ल्याउन सक्नुपर्छ । मिश्रित प्रणालीमा गइरहने भए चुनावमा मिलेर गएको दलसँग पाँच वर्ष मिलेरै जानुपर्छ। अरू देशको उदाहरण हेरौँ न । हामी ठूलो दल छौँ अहिले ३२, कहिले ७७ सीटले नेतृत्व लिइराखेको छ। हामीले सकेका छैनौँ। त्यतातिर पनि ध्यान पु¥याउन जरुरी छ। कांग्रेसको पालोपछि आउँछ कि आउँदैन भन्ने सबैको मनमा छ।’ file photo



प्रतिक्रिया दिनुहोस्