Logo

वृद्धाहरुको लागि राष्ट्रिय परिचयपत्र लागु नगरियोस, धेरै सास्ती भयो : रघुजी पन्त (भिडिओसहित)



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का सांसद रघुजी पन्तले बृद्धाहरुलाई राष्ट्रिय परिचयपत्र लागु गर्ने कुराको पूनरावलोकन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले बुद्धाहरुको लागि नागरिकता नै परिचयनको लागि पर्याप्त रहेको स्पष्ट पारेका हुन् ।

उनले अहिले बृद्धाहरुले दिनका दिन लाईन बस्नुपर्ने के आइलाग्यो भनेर राष्ट्रिय परिचयपत्रको विषयमा गुनासो गरेको पनि स्मरण गराए । उनले ७० वर्ष पुगेकाहरुलाई राष्ट्रिय परिचयपत्र लागु नगर्न पनि आग्रह गरे । अहिले साउन महिना वृद्धाहरुको लागि भक्ता लिने समय भएकोले उनीहरुलाई परेको पीर मर्का बुझिदिनको लागि पनि सरकारसमक्ष पन्तको माग छ ।



प्रतिक्रिया दिनुहोस्