काठमाडौं, भदौ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान ८ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनलगायत एजेन्डा रहेका छन् । यस्तै, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमबारे पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।