काठमाडौं, मंसिर २९ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजबीच खेल सुरु हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले पोखरालाई ब्याटिङको निम्तो दिएका छन्। काठमाडौंले सुरुमा बलिङ गर्ने आजको पहिलो खेलमा पोखराले ब्याटिङ गर्दैछ।
काठमाडौं र पोखराको आजको खेललाई महत्त्वका साथ हेरिएको छ। एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। आजको खेलमा पराजित टिम प्रतियोगिताबाट बाहिरिने पक्का छ भने विजयी टिमको प्लेअफ सम्भावना अन्य टिमको गतिमा भर पर्नेछ।
दुवै टिमले समान ५ खेल खेलिसकेका छन्। यी टिमको समानता भनेकै चार अंक जोड्दा दुई जित र तीन हार हो। आजको खेल सकिएपछि दुवै टिमले एकएक खेल खेल्न बाँकी हुनेछ। एनपीएल अन्तर्गत आज दिउँसोको खेल १ बजे हुँने खेलमा चितवन र जनकपुर भिड्दैछन्।