वासिङ्टन, ८ माघ । आप्रवासनदेखि वातावरण र सांस्कृतिक युद्धसम्म सबै विषयमा आफ्नो शपथग्रहणको केही घण्टापछि हस्ताक्षर गरिएको कार्यकारी आदेशको लहरमा सवार भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो कार्यकालको पहिलो पूर्ण दिन सुरु गरेका छन् ।
आफ्नो शपथग्रहण समारोहको धुमधाम र कार्यकारी आदेशहरूको आश्चर्यजनक शृङ्खलापछि राष्ट्रपतिको मङ्गलबार एक गम्भीर कार्यक्रमबाट सुरु हुँदैछ : राष्ट्रिय गिर्जाघरमा प्रार्थना सेवा ।
अठहत्तर वर्षीय ट्रम्पले अन्तिम पटक जनवरीको सुरुमा दिवङ्गत राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा अमेरिकी राजधानीको नियो–गोथिक चर्चको भ्रमण गरेका थिए ।
पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने प्रक्रिया सुरु गर्ने सहित सोमबार गरेका कार्यहरूको वर्षा देश र विश्वले पचाइरहेको बेला ट्रम्पबाट थप कार्यकारी आदेशहरू आउने वा नआउने अस्पष्ट थियो ।
एक एरिनामा गर्जिरहेका समर्थकहरूको सामु र त्यसपछि ओभल कार्यालयमा हस्ताक्षर गरिएको नीतिगत परिवर्तनहरूको लामो सूचीले आठ वर्षअघिको तुलनामा ट्रम्पको बढेको तयारीको स्पष्ट प्रतीक प्रस्तुत ग¥यो । आठ वर्षअघि उनी शून्य शासन अनुभवका साथ ह्वाइट हाउस प्रवेश गरेका थिए ।
चिसो मौसमका कारण भित्र आयोजित समारोहमा क्यापिटलमा शपथ लिएपछिको भाषणमा रिपब्लिकन राष्ट्रपति ट्रम्पले डेमोक्रेट जो बाइडेनको चार वर्षे राष्ट्रपति कार्यकालपछि ‘अमेरिकाको पतन समाप्त भएको छ’ भने । उनले प्रतिज्ञा गर्दै भने, “अमेरिकाको स्वर्णिम युग अहिलेबाट सुरु हुन्छ ।”
बयासी वर्षीय बाइडेनले शपथग्रहण समारोहमा आफ्नो एकल कार्यकालको अन्त्येष्टि पाठ पढिरहेका आफ्नो राजनीतिक शत्रुलाई कठोर मुद्रामा हेरे ।
तर धुमधाम र समारोहपछि कहिलेकाहीँ बलियो नेता शैलीको वाक्यांशका साथ दिनको पछिल्लो समयमा देखिएको थियो पहिलो कार्यकालका शोम्यान ट्रम्प ।
“के तपाईं बाइडेनले यस्तो गरेको कल्पना गर्न सक्नुहुन्छ ? मलाई लाग्दैन”, ट्रम्पले वासिङ्टनको एक खेलकुद एरिनामा हर्षित भीडलाई पहिलो चरणका आदेशहरूमा हस्ताक्षर गर्न प्रयोग गरेका कलमहरू फ्याँक्दै भने ।
– जनवरी ६ का माफीहरू –
ओभल कार्यालयमा फर्केर उनले थप आदेशहरूमा हस्ताक्षर गर्दै एक अनौपचारिक ५० मिनेटको पत्रकार सम्मेलन गरे । कार्यकारी आदेशमा करिब एक हजार पाँच सय क्यापिटल दङ्गाकारीहरूलाई माफी दिने एक आदेश समावेश थियो ।
उनीहरूलाई सन् २०२१ जनवरी ६ मा बाइडेनको चुनावी विजय प्रमाणीकरण रोक्न खोज्ने हजारौँ ट्रम्प समर्थकहरूद्वारा कांग्रेसमाथि गरिएको आक्रमणमा भाग लिएको आरोपमा मुद्दा चलाइएको थियो ।
“उनीहरू आज राति खुलेर बाहिर आउनेछन् भन्ने हामीलाई आशा छ”, ट्रम्पले भने, “उनीहरूले यसको अपेक्षा गरिरहेका छन् ।”
उनले मेक्सिको सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरे र कमला ह्यारिसमाथिको आफ्नो चुनावी विजय हासिल गराउने प्रमुख चुनावी मुद्दा गैरकानूनी आप्रवासनको सामना गर्न अमेरिकी सेना तैनाथ गर्ने बताए ।
राष्ट्रपतिमा पुनरागमन गरेका उनले प्रायः राष्ट्रवादी स्वरमा व्यापार शुल्क लगाउने, मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने र सन् १९९९ देखि मध्य अमेरिकी देशको नियन्त्रणमा रहेको पनामा नहरलाई ‘फिर्ता’ प्रतिज्ञा गरे ।
तर उनले पद सम्हाल्नु अघि युक्रेनमा शान्ति सम्झौता गर्ने आफ्ना पूर्व प्रतिज्ञाहरूलाई कम महत्त्व दिए । उनले भ्लादिमिर पुटिनलाई भेट्ने पुष्टि गरे र पुटिनले युद्ध अन्त्य गर्न सम्झौता नगरी ‘रुसलाई नष्ट’ गरिरहेको बताए ।
अमेरिकी सेवा सदस्यहरूसँग ‘कमान्डर–इन–चिफ’ कार्यक्रमबाट सुरु गर्दै ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पछि धेरै उद्घाटन नृत्यहरूमा भाग लिए ।
“राजनीतिक एजेन्डाको बारेमा चिन्ता गर्नुको सट्टा तपाईंले यसको बारेमा चिन्ता गर्नुपर्दैन”, ट्रम्पले संक्षिप्त भाषणमा भीडलाई भने, “यो केवल अमेरिकाका शत्रुहरूलाई पराजित गर्ने एउटा ध्यान हो । हामी पराजित हुनेछैनौँ । हामी अपमानित हुनेछैनौँ । हामी केवल जित्नेछौँ, जित्नेछौँ, जित्नेछौँ !”
पहिलो पटक राष्ट्रपति पदको दौडमा पोर्न स्टारलाई पैसा दिएको अभियोगमा दोषी ठहरिएपछि ट्रम्पले पदभार ग्रहण गर्ने सबैभन्दा पुरानो राष्ट्रपति र पहिलो अपराधी दुवैका रूपमा इतिहास रचेका छन् ।
उनी सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि सत्तामा फर्कने अमेरिकी इतिहासमा दोस्रो राष्ट्रपति पनि हुन । रासस