Logo

प्रचण्ड एकछिन पनि सत्ताबाहिर बस्न नसक्ने नेता, रविको पार्टी पपुलर हुन चाहेको समूह : प्रदीप ज्ञवाली



काठमाडौं, ८ माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई सत्ताबाहिर बस्न नसक्ने नेताको संज्ञा दिएका छन् । लमजुङमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले सत्ताभन्दा एकछिन पनि प्रचण्ड बाहिर नसक्ने नेता भएको आरोप लगाए । उनले प्रचण्डलाई धमिलो पानीमा माछा मार्न बानी परेको नेताको पनि संज्ञा दिए ।

उनले भने,‘प्रचण्ड भनेको आफू सत्तामा भए सबै ठिक, सत्तामा नभएपछि लोकतन्त्र धरापमा, गणतन्त्र धरापमा भनेर कुर्लने । सत्ताबाहिर भएपछि कहिले मोर्चा बनाउने, कहिले राजावादीलाई भेट्ने, कहिले रविलाई किन कारबाही गरेको भन्ने ? कहिले देश बंगलादेश हुन लाग्यो भन्ने ।’ ज्ञवालीले प्रचण्डलाई अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाएको पनि मन नपरेको बताए ।

यस्तै, ज्ञवालीले रवि लामिछाने नेतृत्वको रास्वपालाई पपुलर हुन चाहने समूहको संज्ञा द्यिए । रास्वपाले देशको हितको लागि काम गर्न नसक्नेपनि उनको ठोकुवा थियो ।



प्रतिक्रिया दिनुहोस्