Logo

परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता



वाशिङ्गटन डिसी, असोज १० । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेट गरेकी छिन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।

त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्