Logo

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ जना घाइते



काबुल, १६ असोज । अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यबस्थापनका अधिकारीले मङ्लबार बताएका छन् ।

विगत दश दिनदेखि परेको भारी वर्षाले गजनी, लघमान, नङगरहार, फराह, पक्तिया, बदघिस, हेरात र दयाकुन्डी प्रान्तमा आकस्मिक बाढी ल्याएको राष्ट्रिय विपद् व्यबस्थापनका प्रवक्ता मुल्लाह जनान स्याकले बताएका छन् ।

स्याकका अनुसार बाढीले अन्य प्रान्तहरूमा पनि ठुलो मात्राामा सम्पत्ति क्षति पुर्याउदा १०९ वटा आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने लगभग ६५० हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

गत मे देखि परेको निरन्तरको वर्षाले गर्दा भएका दुर्घटनाहरूमा ४०० भन्दा बढीको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन्, भने गम्भिर आर्थिक क्षति भएको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्