Logo

सांसद चौधरीले भेटे अर्थमन्त्री पौडेल, उखुको समर्थन मूल्य तोक्न माग



काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । मन्त्री पौडेललाई भेटेर उनले उखुको समर्थन मूल्य तोक्न माग गरेका हुन् । समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान ठूलो मारमा परेको चौधरीको गुनासो छ ।

अघिल्लो वर्षभन्दा यसवर्ष उखुको मूल्य बढाउन सांसद चौधरीको जोड थियो। अर्थमन्त्री पौडेलसँग भेट्नुअघि सांसद चौधरीले कृषिमन्त्री रामनाथ अधिकारीसँग पनि भेटेका थिए । मन्त्री अधिकारीलाई समेत उनले किसानका समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । त्यसअघि सांसद चौधरीले उर्जामन्त्री दीपक खड्कासँग भेटेर पश्चिम नवलपरासीमा वर्षेनी हुने डुवान र सिचाइँ समस्याको दीर्घकालीन समाधानको लागि आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्