Logo

बर्दियामा यस्तो छ मतदान केन्द्र र उम्मेदवारको अवस्था



बर्दिया, मंसिर १६ । बर्दियामा स्थानीय तह उप-निर्वाचन जारी रहेको छ । ठाकुरबाबा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा पदको लागि उप-निर्वाचन जारी रहेको हो ।

आज बिहान ७ बजे देखि सुरु भएको उप निर्वाचनमा ठाकुरबाबा नगरपालिका वडा नं ४ बगनाहको कृषि शाखाको भवन र बरगदहीको शिशु बाटिका आधारभूत विद्यालयको भवनमा मतदान भइरहेको हो ।

ठाकुरबाबा नगरपालिकामा महिला महिला एक हजार आठ सय ३९ र पुरुष एक हजार छ सय ७१ गरी मतदाता तिन हजार पाँच सय १० जना मतदाता रहेका छन् । निर्वाचनका लागि दुई ओटा मतदाता स्थलमा ५ ओटा मतदाता केन्द्र राखिएको छ ।

वडाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट अमिन थारु, नेकपा एमालेबाट विष्णु प्रसाद देवकोटा, नेकपा माओवादीबाट शेरबहादुर थारुले उम्मेदवार हुनुहुन्छ । त्यसैगरी नागरिक उन्मुक्ती पार्टीबबाट प्रितिलाल थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्ना बहादुर शाही उम्मेदवार रहेका छन्।

वडाध्यक्ष सूर्यबहादुर विष्ट जिल्ला समन्वय समितिका प्रमुख भएपछि हाल उपनिर्वाचन भएको हो२०७९को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष सुर्य बहादुर विष्ट जिल्ला समन्वय समितिको प्रमुख भएपछि हाल निर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्