Logo

‘उँधौली पर्व, यमरीपुन्ही र ज्यापु दिवसले एकता र सद्भावनाको भावना फैलाउन सहयोग पुग्ने’



काठमाडौं, मंसिर ३० । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उँधौली पर्व, यमरीपुन्ही र ज्यापु दिवसले एकता र सद्भावनाको भावना फैलाउन सहयोग पुग्ने बताएका छन् । यो दिवसको अवसरमा शुभकामना सन्देश दिदै उनले यस्तो बताएका हुन् ।

उनले आज जारी गरेका शुभकामना सन्देशमार्फत नेपालमा किराँत समुदायले मनाउने महान् पर्व उँधौली र नेवार समुदायले मनाउने यमरीपुन्हींः (धान्यपूर्णिमा) एवं ज्यापु दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्