Logo

सचिवालय बैठकमा आज अध्यक्ष ओलीको नयाँ ब्रिफिङ हुने



काठमाडौं, ८ माघ । नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । आज मंगलबार अपरान्ह ४ बजे बस्ने बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ब्रिफिङ गर्ने जनाईएको छ ।

अहिलेको समसामयिक राजनीतिक परिस्थितिबारे अध्यक्ष ओलीको प्रस्तुती हुनेछ । सरकारले भर्खरै ल्याएका विभिन्न पाँच अध्यादेशबारे सरकारमा रहेको मुख्य दल नेपाली कांग्रेसका जिम्मेवार नेताहरुबाटै विरोध तथा आलोचना भएको छ ।

यस विषयमा पनि प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा आफ्नो धारणा राख्ने जनाईएको छ । fil ephoto



प्रतिक्रिया दिनुहोस्