Logo

काठमाडौँ महानगरमा एमाले अगाडि



काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा रहनुभएको छ ।

भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को २१० मतगणनामध्ये नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ५६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो ।

राष्ट्रिय सभागृहमा दिउँसो सुरूभएको मत परिणाम अनुसार नेपाली काँग्रेसका राजुराज जोशीले ३६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ३१, साझा पार्टीकातर्फबाट किशोर थापाले ३५ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले पाँच मत प्राप्त गर्नुभएको छ । वडा नं १ मा कुल तीनहजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्