Logo

तमानखोला गाउँपालिकामा काँग्रेस विजयी



बागलुङ, २ जेठ । तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका जोकलाल बुढा विजयी हुनुभएको छ । उपप्रमुखमा पनि काँग्रेसकै मानसरी शेरचन विजयी बन्नुभएको छ ।

बुढाले कुल खसेको चार हजार १९३ मतमध्ये दुई हजार २१९ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार सूर्यप्रसाद श्रीपालीले एक हजार २६९ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा विजयी शेरचनले दुई हजार १५५ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी डोरबहादुर क्षेत्रीले ८५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।

वडामा भने मिश्रित खालको परिणाम आएको छ । तमानखोला गाउँपालिका–१ र २ मा माओवादी केन्द्रका समूह नै विजयी भएको जनाइएको छ । वडा नं १ मा थमबहादुर रोका ५१० मत र २ मा मीनबहादुर घर्ती ४२५ मतका साथ अध्यक्षमा विजयी बन्नुभएको हो ।

वडा नं ४ मा नेकपा९एमाले०का उदिमबहादुर छन्त्याल २१८ मत प्राप्त गरी सिङ्गो समूहसहित विजयी बन्नुभएको छ । वडा नं ५ मा काँग्रेसका हिराबहादुर विक ४५५ मत प्राप्त गरी समूहसहित विजयी हुनुभएको छ ।

यसअघि वडा नं ३ मा काँग्रेसका गिरबहादुर घर्ती र ६ मा कुलबहादुर छन्त्याल भने निर्विरोध निर्वाचित हुनुभएको थियो । तमानखोला गाउँपालिकामा रहेका पाँच हजार ९२८ मतदातामध्ये चार हजार १९३ मत खसेको थियो । जिल्लाका अन्य स्थानीय तहमा भने मतगणना जारी छ । रासस



प्रतिक्रिया दिनुहोस्