Logo

अध्यक्ष काँग्रेस २११, एमाले १३४, माओवादी केन्द्र ३२७ , बेनपा २ मा एमाले र ३ मा स्वतन्त्र उम्मेदवार विजयी



बाबियाचौर (म्याग्दी), २ जेठ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा (एमाले), राप्रपाको प्यानलका चार र नेपाली काँग्रेसका एकजना उम्मेदवार विजयी भएका छन् ।

एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापाले ६३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९२, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर कार्कीले २११ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा एमालेकी एमालेकी डिलकुमारी घिमिरे ६६७, गौमती नेपाली ६२०, खुल्ला सदस्यमा राप्रपाका चन्द्र कुँवर ५५८, काँग्रेसका डम्मरबहादुर पोखरेलले ५६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यसैगरी बेनी नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर निर्वाचित हुनुभएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा स्वतन्त्रका रत्नबहादुर जिसी ४६१, एमालेका गेमबहादुर घर्तिमगर ४९५, महिला सदस्यमा एमालेकी मनकुमारी पुन ४६४, दलित महिला सदस्यमा हरिकला दमाईंले ४६० मत ल्याएर विजयी हुनुभएको छ ।

बेनी नगरपालिकाको १, २ र ३ वडाको मतगणना गर्दा प्रमुखमा एमालेका प्रमोद श्रेष्ठको एक हजार ९२६ र नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले एक ५४६ र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले एक हजार १०८ मत प्राप्त गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्