Logo

चिङगाड गाउँपालिकामा काँग्रेस विजयी



सुर्खेत, ३ जेठ । चिङगाड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवबहादुर चन्द दुई हजार ९४९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा ९एमाले०का बखतबहादुर खत्रीले दुई हजार ३८५ र नेकपा ९माओवादी केन्द्र०का बोधविक्रम जिसीले एक हजार ७२१ मत प्राप्त गर्नुभयो ।

सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै मनमाया आचार्य दुई ८७७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी दीपाकुमारी रानाले दुई हजार ४१४ तथा माओवादी केन्द्रकी तेजकुमारी रानाले एक हजार ५१९ मत प्राप्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्