Logo

ललितपुर महानगरमा प्रचण्डको पार्टीलाई रविन्द्र मिश्रको साझा पार्टीले पछि पार्यो



ललितपुर, ३ जेठ।  चार महानगरमध्ये तुलनात्मक रुपमा ‘राम्रो’ भनिएको ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा माओवादी केन्द्र ‘रिङआउट’ भएको छ । माओवादी मेयरका उम्मेदवार दिनेश महर्जनलाई साझा पार्टीका रमेश महर्जनले उछिनेका छन् ।

ललितपुर महानरपालिकाको पछिल्लो मतगणनामा एमालेका हरिकृष्ण व्यन्जनकार अघि छन् । दिउँसो सम्मको मतगणनामा व्यन्जनकार ८ हजार ३५७ मत पाएका छन् । कांग्रेसका चिरिबाबु महर्जनले ८ हजारएक सय ९८ मतसहित एमाले उम्मेदवारलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जनले ३ हजार ८४७ र चौथो स्थानमा रहेका माओवादीका दिनेश महर्जनले १ हजार ९७७ मत पाएका छन् ।
नयाँ शक्ति र संघीय समाजवादीको संयुक्त उम्मेदवार मदन महर्जन पाँचौ स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस्