Logo

मधेशी मोर्चाले राख्यो नयाँ शर्त : यसो नगरे निर्वाचनमा जाँदैनौं



काठमाडौं, ४ जेठ । नवगठित राष्ट्रिय जनता दलका शीर्ष नेताहरुले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । भेटमा उनीहरुले दोस्रो चरणको निर्वाचनमा भाग लिने वातावरण बनाउनको लागि सरकारले जतिसक्दो आफूहरुले उठाएका माँगहरु सम्बोधन गर्नुपर्ने भन्दै ध्यानाकार्षण गराएका थिए ।

राजपाका शीर्ष नेता महेन्द्र राय यादवले सरकारले आफूहरुले अघि सारेका माँगहरु पूरा नगरे जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् ।

आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता यादवले सरकारले जतिसक्दो संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने, मधेश आन्दोलनका क्रममा बन्दी बनाईएका नेता तथा कार्यकर्ताहरुलाई रिहाई गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने र स्थानीय तहको संख्या जनसंख्याको आधारमा थप्नुपर्ने बताए । यी चार माँगहरु पूरा भएमात्रै आफूहरु निर्वाचनमा भाग लिने उनको भनाई थियो । उनले भने,“यी चार वटा माँगहरु पूरा भएनन भने हामी निर्वाचनमा जाँदैनौं, बरु निर्वाचन बिथोल्छौं ।”



प्रतिक्रिया दिनुहोस्