Logo

गणना फरक परेको भन्दै भरतपुरको मतगणना स्थगित



काठमाडौं, ५ जेठ । भरतपुर महानगरपालिकाको मतगणनास्थल बाहिर नाराबाजी भइरहेको छ। वडा नं.९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको छ।

कम्प्युटरमा इन्ट्री गरेको मत संख्या उम्मेदवारका प्रतिनिधिले राखेको मत संख्या फरक आएको भन्दै काँग्रेस माओवादी कार्यकर्ताले वडा नं. ९ को मत पुनः गणना गर्न माग गर्दै नाराबाजी गरेका हुन्।
वडा नं. ९ एमालेका यमलाल कँडेल वडा अध्यक्षमा विजयी भएका थिए। काँग्रेस, माओवादीका बुथ प्रतिनिधिसँगको मतसंख्या र कम्प्युटर इन्ट्रीमा भएको मतसंख्या फरक भएको उनीहरुको भनाइ छ।

भरतपुरको जारी मतगणनामा एमालेले वडा नं। २, ४, ५, ७ पछि शुक्रबार साँझ ९ पनि जितेको बताइएको थियो। काँग्रेसले १, ३,६ र ८ मा विजयी हात पारेको छ। शुक्रबार दिउँसो काँग्रेस माओवादी गठबन्त्रनबाट मेयर उम्मेद्वार रेणु दाहालको अग्रता लिएकी थिइन्। त्यही वडा ९ नं। वडाको मतपरिणामले उनलाई एमाले उम्मेदवारले उछिनेका थिए।

वडा नम्बर  ९ सम्मको मत गणना सकिदा एमालेका मेयर पदका उम्मेद्वार देवि ज्ञवालीले कुल १५ हजार १५५ मत ल्याएका छन्।

गठबन्धनबाट माओवादी उम्मेद्वार रेणु दाहालले १४ हजार ८०९ मतसहित उनलाई पछ्याइ रहेकी छन्। उपमेयरमा काँग्रेसकी पार्वती शाह १६ हजार ८४९ मत सहित अगाडि छिन्। दिब्या आचार्य १२ हजार ४६३  मत पाएकी छिन्।भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ।



प्रतिक्रिया दिनुहोस्