Logo

ललितपुर महानगरमा काँग्रेसको अग्रता कायमै



काठमाडौँ, ६ जेठ । ललितपुर महानगरपालिकाको साँझ ७ बजेसम्मको मतगणनाअनुसार महानगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारले १५ हजारभन्दा बढी मतसहित अग्रता कायमै राख्नुभएको छ ।

महानगरको १६ वटा वडाको मतगणना सकिँदा प्रमुखमा काँग्रेसका चिरीबाबु महर्जनले १५ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले १४ हजार ८६ मतसहित पछ्याइरहनुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा काँग्रेसका गीता सत्यालले १२ हजार २७४ मत प्राप्त गर्नुभएको छ भने साझा पार्टीका शोभा शाक्यले १० हजार ५३० मत प्राप्त गर्नुभएको छ । अहिले महानगरको वडा नं १६ र १८ को मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्