काठमाडौँ, ६ जेठ । काठमाडाँै महानगरपालिकामा नगर प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य १८ हजार ३८० मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले १२ हजार ७६७ मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले सात हजार ३३६ मत र साझा पार्टीका किशोर थापाले पाँच हजार ५०४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नगर उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले १६ हजार ५९३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले १० हजार ५१४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । साझा पार्टीकी उपप्रमुख निरुपमा यादवले तीन हजार ८५ मत प्राप्त गर्नुभएको छ । आयोगका अनुसार काठमाडाँै महानगरपालिकामा हालसम्म ५६ हजार ४३९ मतगणना भएको छ । रासस