Logo

भरतपुरमा महानगरपालिकामा ज्ञवालीको १२२४ भोटको अग्रता



काठमाडौं, ७ जेठ । भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठवन्धनलाई कडा टक्कर दिँदै नेकपा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता कायम राखेका छन्।

कांग्रेस र माओवादी केन्द्रको तालमेलका बाबजुद एमाले उम्मेदवार ज्ञवालीले १२२४ मतको अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनी १८७३७ मतका साथ अगाडि छन्।

उनलाई कांग्रेस र माओवादी केन्द्रकी साझा उम्मेदवार दाहालले १७५१३ मतका साथ पछ्याइरहेकी छन्।  भरतपुर महानगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती शाहले निरन्तर अग्रता लिइरहेकी छन्। उनले २०४०४ मत ल्याएकी छन् भने एमालेकी दिव्या आचार्य १६४७१ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।



प्रतिक्रिया दिनुहोस्