Logo

एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि ललितपुरको मतगणना रोकियो



cpn-uml-1

काठमाडौँ, ९ जेठ । ललितपुरको मतगणना अहिले रोकिएको छ । एमालेले गरेको अवरोधका कारण वडा नं २९ को मतगणना रोकिएको हो । ललितपुरमा अब २९ वडाको मात्र मत गणना हुन बाँकी छ । अरु वडाको मत गनेर सकिएको छ ।

एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मतगणनामा असन्तुष्ट जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएपछि मतगणना रोकिएको हो । वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको उनले आरोप लगाएका छन् ।

उनले वडा नं ४, ९ र २६ वडामा पुनः मतगणना माग गर्दै निर्वाचन आयोगमै गएर उजुरी दिएपछि लफडा सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस्