कालिकोट, १० जेठ। नरहरिनाथ गाउँपालिका, कालिकोटको प्रमुखमा एमालेका धिरबहादुर बिष्ट विजयी भएका छन् । बिष्ट २ हजार ४ सय ६० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काग्रेसका मिनबहादुर बोगटीले २ हजार २ सय २८ मत पाए । बिष्टको भन्दा २ सय ३२ मतले कम हो ।
सुरुदेखि नै अगाडि रहेका माओवादी केन्द्रका अग्रबहादुर बिष्ट अन्तिम मतपरिणाम आउँदा तेस्रो स्थानमा झरेका छन् । उनले २ हजार १ सय ३७ मत पाए ।
उप-प्रमुखमा भने माओवादीकी मनशोभा वुढा विजयी बनेकी छन् । एमालेकी सुनिता बुढालाई झिनो मतान्तरले पछाडि पार्दै उनले जित दर्ता गराएकी हुन् । वुढाले २ हजार २ सय ४९ मत पाउदा उनकी प्रतिद्वन्द्वी कांग्रेसकी उप-प्रमुख उम्मेदवार सुशीला शाहीले २ हजार ४३ मत पाइन् ।
नेकपा एमालेकी सुनिता वुढा सहकारीले २ हजार ३८ मत पाइन् । ९ वडा रहेको नरहरीनाथ गाउँपालिकाको चार वडा एमाले, ३ वडा माओवादी केन्द्र र २ वडा नेपाली कांग्रेसको पोल्टामा परेको छ ।