Logo

कामपा ११ मा काँग्रेस, १३ मा एमालेको प्यानल विजयी



काठमाडौं, १२ जेठ । काठमाडौ महानगरपालिका वडा नं. ११ मा काँग्रेस विजयी भएको छ । वडा अध्यक्षमा हिरालाल तण्डुकारको प्यानल विजयी भएको हो । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउन केही स्थान मात्रै बाँकी छन्।

चारवटा महानगरपालिका मध्य ललितपुर महानगरपालिकामा काँग्रेस विजयी भएको छ भने पोखरामा एमाले विजयी भएको छ । चिवतन महानगरपालिका र कामपा मा एमालेको अग्रता कायमै छ ।
ताजा मत परिणाम
एमाले – ५६६६१
काँग्रेस – ३९५८५
रन्जु दर्शना – २०६६१
साझा – १६०१२
माके – ६२६२
त्यस्तै कामपा वडा नं. १३ मा एमाले प्यानल विजय भएको छ । धुब्रनारायण मानन्धरको प्यानल विजयी भएको छ ।



प्रतिक्रिया दिनुहोस्