Logo

भोलि निश्कर्षमा पुग्नेगरि आजको बैठक विना निश्कर्ष सम्पन्न, एमाले लचक



काठमाडौं, १३ जेठ । संविधान संशोधनमा सहमति जुटाउने र जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनमा राजपालाइ पनि सहभागी गराउने उद्देश्यले बालुवाटारमा बसेको चार दलको बैठक विना निश्कर्ष टुँग्गिएको छ ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाको शीर्ष नेताहरुको बैठक विना निश्कर्ष टुँग्गिएको छ । यद्धपी भोलि एकचोटि बसेर सबै विषयमा प्याकेजमै सहमति जुटाउनेगरि चार दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा करिब करिब सबै विषयमा सहमति जुटिसकेको जानकारी गराएका थिए । गौतमले भने,“आजको बेठकमा ठोस सहमति भएन, तर प्रधानमन्त्रीजीले भोलि एकचोटि बसेर प्याकेजमै सहमति जुटाउने भन्नुभएको छ।”

बैठकमा राजपा नेपालका नेताहरुले जनसंख्याको आधारमा स्थानीय तहको संख्या नबढाए र संविधान संशोधन प्रस्ताव पारित नभएसम्म आफूहरु कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिएका थिए।

प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालका अनुसार मोर्चाका नेताहरुले आफ्नो पूर्ववर्ती अडान कायमै राखेका छन् । मोर्चाका नेताहरुले स्थानीय तहको संख्या नबढाए आफूहरु कुनैपनि हालतमा दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि सहभागी नहुने चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्