Logo

१४४३ पैदलयात्री कार्बाहीमा, ६३४ जना ३ घण्टा नियन्त्रणमा – फोटो फिचर



काठमाडौं, १६ जेठ। जेब्रा क्रसिङ, आकाशे पुल, सब वेको प्रयोग नगरी जथाभावी बाटो काटिरहेका करिब १४४३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

 

ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरिक्षक सुनिल शाहका अनुसार मध्यान्नसम्मा उपत्कामा जथाभावि बाटो काटिरहेका १४४३ जनालाई नियाम अनुसार चिट काटेको र जरिवाना तिर्न नसक्नेलाई ३ घण्टा ट्राफिक नियमका बारेमा जनचेतनामुलक प्रक्षिक्षण दिएर पठाईएको छ ।


निरिक्षक शाहले प्रहरीले आज विहान ८ बजेबाट सुरु गरेको यो अभियानमा ५ घण्टाका बीचमा झण्डै १४ सय ४३ जना पैदलयात्रु कारवाहीमा परिसकेको जानकारी दिएका छन् । त्यस्तै ६३४ नियन्त्रणमा लिएर तिन घण्टासम्म प्रक्षिक्षण दिएको बताए ।

बार्षिक ४० प्रतिशत दुर्घटना पैदल यात्रीले गलत तरीकाले बाटो काट्दा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले यो अभियान सञ्चालन गरेको छ ।

तस्बीर – मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्