Logo

प्रधानमन्त्री प्रचण्डविरुद्ध यसरी खनिए ओली ,‘आफ्ना गुरिल्लालाई सम्मान दिन लाज लाग्दैन्’



काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा रुपमा खनिएका छन् ।

मंगलबार राजधानीमा आयोजित काठमाडौं महानगरपालिकामा मेयरमा एमालेले जितेको अवसरमा आयोजित विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई ’प्रबल जनसेवा श्री’ पदक दिने निर्णयको कडा आलोचना गरेका छन्।

सम्बोधनका क्रममा उनले प्रश्न गरे,’प्रधानमन्त्रीज्यू कतिवटा विवाह र्गयो भने सम्मान पाइन्छ?, डाडु पन्यौ आफ्नो हातमा भएको बेला प्रधानमन्त्री पुत्रलाई समाजसेवीको रुपमा प्रसिद्ध जनसेवा श्री पदक दिइएको छ, यो लाजमर्दो कुरा हो । ’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पून: प्रचण्डसामू प्रश्न तेर्साए,‘यो देशमा सम्मान गर्ने कांग्रेस र माओवादी बाहेक कोही छैन?, सम्मानमा शरम व्यक्त गर्नुपर्ने, आफ्ना गुरिल्लालाई सम्मान। प्रधानमन्त्रीज्यू कतिवटा विवाह र्गयो भने सम्मान पाइन्छ?’

ओलीले प्रधानमन्त्रीलाई लोकलाज राख्न सल्लाह समेत दिए। ’सार्वजनिक पदमा बसेपछि मर्यादा राख्नुस्। छोरालाई पुल्लपुल्याउनुस् तर यो त राज्यको ढुकटी र राज्यको तक्मा पदकको अपमान हो,’ उनले भने।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्