काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी एमालेले आईतबारको व्यवस्थापिका संसद बैठक पनि अवरुद्ध पार्ने भएको छ । शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको स्थायी समिति बैठकले संसद अवरुद्ध जारी राख्ने निर्णय गरेको हो ।
नयाँ वानेश्वरस्थित संसद भवनमा भावी प्रधानमन्त्री चयनका लागि उम्मेदवारी मनोनय दर्ता गर्ने समय चलिरहेका बेला सिंहदरबारमा बसेको स्थायी समिति बैठकले राष्ट्रपतिबाट बहुमतिय सरकार गठनका लागि आएको पत्रबारे अनविज्ञता जाहेर गर्दै संसद अवरोध जारी राख्ने निर्णय गरेको हो ।
उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्छ भन्ने टिका टिप्पणी भईरहेको बेला एमालेले प्रधानमन्त्री चयन प्रक्रियाबारे नै अनविज्ञता जनाएको हो । राष्ट्रपतिद्धारा सरकार गठनका लागि भएको आव्हान निजि विषय , सत्ता पक्ष वा दल विशेष र अध्याँरो कोठामा हुने गठबन्धनका लागि मात्रै नभएको निष्कर्ष निकाल्दै उसले प्रधानमन्त्री चयनको प्रक्रिया बारे नै अनविज्ञता जनाएको हो ।
चितवनको भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारु गर्नुपर्ने माग गर्दै नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । बैठक अवरुद्ध भएपनि संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो ।