Logo

सत्तारुढ दल र राजपावीच सहमति भएन्, राजपा आन्दोलनमा जाने



काठमाडौं, २८ जेठ । सत्तारुढ दल र राजपा नेपालवीचको निर्णायक भनिएको आजको वार्तापनि विना निश्कर्ष सम्पन्न भएको छ ।

आईतबार बसेको सत्तारुढ दल र राजपाबीचको बैठकमा राजपा नेपालले संविधान संशोधन प्रस्ताव पारित नभए चुनावमा नजाने आफ्नो अडान राखेपछि छलफलले कुनै निश्कर्ष निकाल्न नसकेको हो ।

आजको बैठकमा सहभागी राजपा अध्यक्षमण्डलका नेता अनिलकुमार झाले जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्ने, मधेश आन्दोलनलाई सम्बोधन गर्न मुद्दा फिर्ता, वारेन्ट खारेज र जेलमा भएकालाई मुक्त गराइनुपर्ने तथा संविधान संशोधनका माग पूर्ववत् हुनुपर्ने कुराहरु आफूहरुले राखेको जानकारी दिए ।

उनले भने,‘हामीले आज तीन विषयमा कुरा राखेका छौं, संविधान संशोधनको पुरानो माग यथावत छ। ऐन संशोधन ठूलो कुरा होइन, ऐन संशोधनले सहज बनाएको हो तर संशोधन नभए पनि निर्वाचनमा जान नसकिने थिएन।’

झाले मधेश आन्दोलनका कारण समातिएकाहरुलाई रिहा नगरी निर्वाचनमा जान नसकिने जिकिर गरे । उम्मेदवारहरुमाथि आरोप कायम रहँदा र जेलभित्रै रहँदा चुनावी अभियानमा जान नसकिने तर्क राजपाले राखेको हो।

त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैठकमा गम्भिर कुराकानी भएको जानकारी दिए । उनले भने,‘मुद्दा फिर्ता गर्ने र चुनाव चिन्हका लागि पनि जटिलता फुकाउन सकिन्छ, तर उहाँहरु अहिले नै संविधान संशोधन भनिरहनुभएको छ, उहाँहरुको यो मागले जटिलता थपेको छ।’

यस्तै छलफलमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि संविधान संशोधनकै विषयले समस्या पारिरहेको बताए। नेता श्रेष्ठले भने,‘प्रधानमन्त्रीले चुनावअघि संविधान संशोधन नहुने भन्नुभएको छ। तर, उहाँहरुको यही अडानले समस्या पारेको छ ।’



प्रतिक्रिया दिनुहोस्