Logo

कुनै हालतमा निर्वाचनको मिति सार्न सकिँदैन : प्रमुख आयुक्त यादव



मोरङ्, २९ जेठ । प्रमुुख निर्वाचन आयुुक्त डा. अयोधीप्रसाद यादवले असार १४ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा सार्न नसकिने बताएका छन् ।

सोमबार विराटनगरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यादवले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगको पनि निश्चित सीमा हुने भन्दै घोषित मिति परिवर्तन गर्न नसकिने जिकिर गरे।
प्रमुख निर्वाचन आयुक्त यादवले सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्वाचन हुनेमा ढुक्क रहन आग्रह समेत गरे ।

सबैलाई निर्वाचनमा सहभागी हुुने वातावरण बनाउन दलहरुकै सहमतिमा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन/कानुुन संशोधन गरिसकेको र मितिसमेत पर सार्दै गएकाले अब पुनः मिति सार्ने कुुरा मान्य नहुने यादवले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्