Logo

देउवा प्रधानमन्त्री भएको आज ८ दिन वित्यो, बालुवाटार किन सरेनन् ? यस्तो छ रहस्य:



काठमाडौं, ३१ जेष्ठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर प्रधानमन्त्रीमा निर्वाचित भएको आज ८ दिन भएको छ । तर उनी अहिलेसम्म पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छैनन् । धेरैको अहिले चासोको विषय भनेको छ कि देउवा कहिले बालुवाटार जान्छन भनेर ?

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै एक दुई दिनभित्रै शुभ साईत हेरेर बालुवाटार छिर्ने चलन थियो । तर, नवनिर्वाचित प्रधानमन्त्री देउवाले भने अहिले त्यतातर्फ कुनै चासो देखाएका छैनन् । बरु उनी बढुानिलकण्ठस्थित् आफ्नो नीजी निवासमै रमाईरहेका छन् ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार अबको एक दुई दिनभित्रै उनी बालुवाटार छिर्ने तयारी गरिसककेका छन् । स्रोतका अनुसार उनी असार २ वा ३ गते नै बालुवाटार सर्ने पक्का भएको छ । उनी बालुवाटार छिर्ने भएपछि अहिले सरकारी निवास बालुवाटारमा नयाँ रंग लगाउने काम भइरहेको छ ।

हाल बूढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका प्रधानमन्त्री देउवा बालुवाटार नसर्दासम्म उनलाई भेट्न जाने कर्मचारी र पार्टीका नेताहरुको लामो यात्रा गर्नुपरेको छ । बूढानीलकण्ठस्थित देउवा निवास रिङरोडभन्दा बाहिर भएकाले आवतजावतमा अलि असजिलो परिरहेको कतिपय नेता तथा कार्यकर्ताहरुले नै गुनासो पोख्न थालिसकेका छन् ।

त्यतिमात्रै होईन, सुरक्षाकर्मीहरुलाई समेत गाहो« भैसकेको स्रोतको दाबी छ । प्रधानमन्त्री देउवा एक दशक लामो समयपछि शानदार रुपमा बालुवाटारमा ईन्ट्री गर्दैछन् । यसअघि उनी ३ पटक प्रधानमन्त्री हुँदा बालुवाटारमा बसिसकेका छन् । देउवाको सपथ ग्रहणकै दिन निवर्तमान प्रधानमन्त्री प्रचण्डले बालुवाटार छाडिसकेका छन् ।

प्रधानमन्त्री निवास कहिले सर्ने भन्नेबारेमा देउवा दम्पत्तीले यसअघि नै ज्योतिषीसँग सल्लाह समेत लिईसकेका छन् । ज्योतिषले असारमा मात्रै राम्रो शुभ दिन भएको भनेपछि देउवा दम्पतीले सोही बमोजिम तयारी थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्