Logo

एमालेद्धारा निर्वाचन सार्ने सरकारको निर्णयको स्वागत



काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमध्ये २ नम्बर प्रदेशको मिति सार्ने निर्णयको स्वागत गरेको छ ।

बिहीबार सत्तारुढ दल र राजपा नेपालवीच भएको सहमति अनुसार नै दोस्रो चरणको निर्वाचन अन्र्तगर्त प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते गर्ने निर्णयको एमालेले स्वागत गर्ने एमाले बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा खनालले भने,‘प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते गर्ने सरकारले जो निर्णय गरेको छ, यसको हामी स्वागत गर्छौं, असार १४ गते २ नम्बर बाहेकका बाँकी प्रदेशमा निर्वाचन हुन्छ।’



प्रतिक्रिया दिनुहोस्