Logo

विप्लव समूहद्वारा कपिलबस्तुमा बम विस्फोट, कांग्रेस र माओवादी केन्द्रका ९ जना घाइते



कविलवस्तु, ४ असार । कपिलबस्तुको जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ ।घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो ।विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिए ।

तस्विर सौजन्य : समिर सायर 



प्रतिक्रिया दिनुहोस्