Logo

बर्दघाटलाई नमूना नगरपालिका बनाउछौं : कांग्रेस मेयर उम्मेदवार पाठक



ललितपुर, ७ आषाढ । नेपाली कांग्रेसका बर्दघाट नगरपालिकाका मयेर उम्मेदवार विश्वप्रेम पाठकले सो नगरपालिकालाई आर्थिक विकासमा नेपालकै नमूना बनाउने बताउनुभएको छ ।

बर्दघाट नगरपालिका वडा नं १ र १० मा भएको घरदैलो कार्यक्रम र चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।उहाँले नगरलाई भौतिक पूर्वाधारले सम्पन्न, स्वच्छ, सफा, व्यवस्थित र आर्थिक विकासका आधारहरुले सम्पन्न बनाउने योजना र कार्यक्रमहरु सार्वजनिक गर्नुभएको छ ।

नगरपालिकामा पर्याप्त सुरक्षा व्यवस्था, उद्योग , व्यापारिक,शैक्षिक तथा आर्थिक संस्थाहरुको स्थापना र कृषिको आधुनिकीकरण तथा व्यवसायिकरण जस्ता कार्यबाट समृद्ध र नमूना नगरपालिका बनाउने अठोट उहाँको छ ।

घरदैलो कार्यक्रममा उपमेयर रमिता चौधरी, नवलपरासी क्षेत्र न। ५ का सासंद विक्रम खनाल, नेपाली काग्रेसका जिल्ला सदस्य कुलदीप आचार्य, बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ, बर्दघाट वडा नम्बर १ र ७ का अध्यक्षका उम्मेद्ेवार देवबहादुर राना र धु्रव थारु लगायत वडा सदस्यका उम्मेद्वारहरु पार्टीका महाधिवेशन र महासमितिका प्रतिनिधि, पार्टीका शुभेच्छुक तथा भातृ संस्थाका प्रतिनिधिहरु सहित कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्