Logo

घरदैलो पछि काँग्रेस सिद्धार्थनगरले भन्यो –हाम्रो जित सुनिश्चित छ



भैरहवा (रुपन्देही) ११ आषाढ । नेपाली कांग्रेस सिद्धार्थनगर समितिले आज (आइतबार) भैरहवामा बृहत् आमसभा गर्ने भएको छ ।

दिउसो एक बजे बुद्धचोकबाट र्याली सहित शुरु हुने कार्यक्रम मिलनचोकमा गई सभामा परिणत हुनेछ । उक्त सभालाई नेपाली काँग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेल, नेपाली काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, भरतकुमार साह, रामकृष्ण ताम्राकार लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नगर सभापति दीलिप धितालले जानकारी दिनुभएको छ ।

कांग्रेस ढुक्क
मेयर र उपमेयर सहितको घरदैलो कार्यक्रम निकै उपलब्धिमूलक रहेकोे नेपाली काँग्रेस सिद्धार्थनगरले जानकारी दिएको छ । घरदैलोमा स्वतःस्फुर्त रुपम जनताको सहभागिताले काँग्रेस सिद्धार्थनगरले भैरहवामा जित सुनिश्चित भएको दावी गरेको छ ।

नेपाली काँग्रेसले रुपन्देही सदरमुकाम भैरहवामा रहेको सिद्धार्थनगरमा मेयर पदमा मातृकाप्रसाद यादव र उपमेयर पदमा माधवी शर्मा वाग्लेलाई उठाएको छ । सवैलाई समेटेर उम्मेदवारी चयन गरेको र उम्मेदवारी पछि पनि सवै एक जुट भएर लागेकाले पनि यसपटक काँग्रेसलाई पराजय गर्न अरु कसैले नसक्ने नगरसभापति दिलीप धितालले जानकारी दिनुभएको छ । उहाँका अनुसार नगरका १३ वटै वडामा पार्टीको स्थिति मजबूत छ ।

मेयर उम्मेदवार मातृकाप्रसाद यादवले सिद्धार्थनगरको समग्र बिकास गर्दै भैरहवालाई पर्यटकीय, आर्थीक नगरीको रुपमा विकास गर्न कांग्रगेसको जित अपरीहार्य रहेको बताउनुभएको छ । उपमेयर पदकी उम्मेदवार माधवी शर्मा वाग्लेले काँग्रेसले जित्दा नगरको बिकास हुने हुदाँ यसपटक नगरको समग्र विकासका लागी काँग्रेसलाई बिजयी बनाउन अपिल गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्