Logo

प्रधानन्यायाधीशमा पराजुलीको नाममा सहमति जुटाउन संवैधानिक परिषदको बैठक बस्दै



काठमाडौं, १५ असार । कायममुकायम प्रधानन्याायाधीश गोपाल पराजुलीको नाममा सहमति जुटाउनको लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ ।

आज दिउँसो साँढे ४ बजे सिंहदरवारमा बस्ने बैठकले पराजुलीको नाममा सहमति जुटाउने तयारी गरेको हो । यसअघिको बैठकमा एमालेका अध्यक्ष एवम प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पराजुलीको नाममा असहमति जनाएका थिए । त्यतिवेलाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

यसअघि बसेको बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे छलफल नै नभएको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिएका थिए ।

एमालेले कायममुकायम प्रधानन्यायाधीश पराजुलीको नाममा असहमति जनाउँदै आएको भएपनि अहिले आएर एमालेले सहमति जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्