Logo

अख्तियार आयोगले चुडामणि शर्मासँग ३ अर्ब धरौटी माँग्यो



काठमाडौं, १५ असार, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा पक्राउ परेका चुडाँमणि शर्मासँग हिरासत मुक्त हुन ३ अर्ब रुपैयाँ धरौटी मागेको छ ।

तारेखमा छुटाउने गरी शर्मासँग ३ अर्ब रुपैयाँ धरौटी मागिएको अख्तियार स्रोतले जनाएको छ ।आन्तरिक राजश्व विभागका प्रमुख रहेका शर्मा गत जेठ १९ गते पक्राउ परेका थिए ।

सह-सचिव शर्मामाथि कर फस्र्यौट आयोगमार्फत अवैधानिक रुपमा २० अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्