Logo

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा माओवादी केन्द्र विजयी



सोलुखुम्बु, १६ असार। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार सागर किराँती १ हजार ४०२ मत सहित बिजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नरेन्द्र राईले १ हवार ३८३ मत प्राप्त गरे ।

माओवादी केन्द्रले सोलुम्बुको लिखुपिके गाउँपालिमा पनि जितेको छ ।महाकुलुङ गाउँपालिकाका वडाहरुमा भने मिश्रति नतिजा आएको छ । वडा नम्बर १ र ४ मा माओवादी प्यानल, वडा नम्बर २ र ३ मा नेकपा एमाले तथा वडा नम्बर ५ मा नेपाली कांग्रेसले जित हात पारेको छ ।

यो नतिजासँगै सोलुखुम्बु जिल्लाको २ वटा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ ।



प्रतिक्रिया दिनुहोस्