Logo

बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस विजयी



बाजुरा, १६ असार । बाजुराको बडिमालिका नगरपालिका जितेर कांग्रेसले दोस्रो चरणको चुनावमा नगरपालिकातर्फ विजयी सुरुवात गरेको छ ।

कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावलले बडुवालभन्दा ३८ मत कम अर्थात् २ हजार ९ सय २ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी रावलले २ हजार ८ सय ५२ मत प्राप्त गरेकी छन् । बाजुराका ९ स्थानीय तहमध्ये अहिलेसम्म एमालेले पाण्डवगुफा र गौमुल गाउँपालिका जितेको छ । कांग्रेसले बडिमालिका नगरपालिका र छेडेदह गाउँपालिका जितेको छ ।



प्रतिक्रिया दिनुहोस्