Logo

उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि नआए पनि मतगणना गर्न निर्वाचन आयोगको निर्देशन



काठमाडौं, १६ असार । निर्वाचन आयोगले सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि नआए पनि मतगणना अघि बढाउन निर्देशन दिएको छ ।

आयोगले आज यस्तो निर्देशन जारी गरेको हो । आयोगको कार्यालयमा आज विहान बसेको बैठकले निर्वाचन अधिकृतहरुलाई यस्तो निर्देशन दिएको आयोगका पदाधिकारीले जानकारी दिए । त्यस्तैै, आयोगले उम्मेदवार वा मतगणना प्रतिनिधिले मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना अघि बढाउन आदेश दिएको छ ।



प्रतिक्रिया दिनुहोस्