Logo

रुकुमको भुमे गाउँपालिकामा माओवादी निर्वाचित



रुकुम, १६ असार । रुकुमको भुमे गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार रामसुर बुढा बिजयी भएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै मनकुमारी बिष्ट निर्वाचित भएकी छिन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित रामसुर बुढाले ३ हजार ४८२ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा मनकुमारी बिष्ट ३ हजार ४९४ मत सहित निर्वाचित भएकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्