Logo

प्रधानमन्त्री देउवालाई भेट्न पहिलोचोटी बालुवाटार छिरे प्रचण्ड, यस्तो छ रहस्य ?



काठमाडौं, १६ असार। दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटबार्ता भएको छ ।

शुक्रबार साँझ भएको भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकार सञ्चालन र मन्त्री परिषद बिस्तार लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
भेटमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण र सरकारका कामबारे समेत छलफल भएको थियो ।

शुक्रबारको छलफलमा प्रधानमन्त्री र अध्यक्ष बीच थप गृहकार्य गरेर छिटै मन्त्री परिषद बिस्तार गर्ने र सरकार सञ्चालन एवं दुई पार्टीबीचको गठबन्धन सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पहिलोचोटी बालुवाटारमा छलफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्