Logo

संविधान संशोधनको लागि हजारौं वर्षसम्म लड्ने अनिल झाको उद्धघोष



काठमाडौं, १७ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले वर्तमान संविधान संशोधन नभएसम्म राजपा नेपालले कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् ।

शनिबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता झाले संविधान संशोधन यदि हजार वर्षसम्म पनि नभए राजपा नेपालले पनि हजारौं वर्षसम्म संघर्ष गरिरहने र कुनैपनि निर्वाचनमा भाग नलिने उद्धघोष गरेका हुन् ।

यद्धपी झाले निर्वाचनको विकल्प नभएको बताउँदै भने,“हो, ऋषिजी यहाँले भनेजस्तै निर्वाचनको विकल्प छैन, यो कुरामा म पनि सहमत छु, तर तर हामी यथास्थितिमा निर्वाचनमा जाने परिस्थिति छैन, निर्वाचनमा जानको लागि संविधान संशोधन हुनुपर्छ।”

अब हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन अघि नै संविधान संशोधन भएमात्रै आफूहरु निर्वाचनमा भाग लिने नभए नलिने उनको भनाई थियो । उनले भने,“एक जना मतदाता म पनि हुँ । माँग सम्बोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ ।”

राजपा नेपालले चुनावमा भाग नलिँदा यसको घाटा कसलाई रु भनेर पत्रकार धमलाले गरेको एक प्रश्नमा उनले भने,“हामी घाटा र नाफाको व्यवसाय गरिरहेका छैनौं, हामी त मधेशी जनताहरुको एजेण्डा स्थापित गराउनेतर्फ लागिरहेका छौं ।”

चुनावमा नजाँदा राजपा नेपाल जनताहरुको बीचमा नाँगिने भयो नि भन्ने अर्को प्रश्नमा नेता झाले भने,“हामी हिजोपनि जनताहरुकै बीचमा थियौं, आजपनि हजारौं जनताहरुका बीचमा छौं।”
राजपा नेपालका शीर्ष नेताहरुले हालै सम्पन्न भएको दोस्रो चरणको निर्वाचनमा भाग लिएका छन्, कारबाही हुन्छ त रु भनेर धमलाले गरेको अर्को प्रश्नमा उनले भने,“चाहे सर्वेन्द्रनाथ शुक्ला, वृजेश कुमार गुप्तामात्रै जो सुकै हुन, म पनि भन्छु, सिद्धान्तमा अडिन खोज्दा, व्यवहारमा घाटा हुन्छ।”

निर्वाचन अघि संविधान संशोधन गर्न सकिँदैन भनेर एमालेले भनिसकेको छ नि रु यस्तो अवस्थामा कसरी संविधान संशोधन हुन्छ त रु भनेर धमलाले राखेको अर्को जिज्ञासामा झाले आक्रोश पोख्दै भने,“ एमाले मेरो मालिक होईन रु”, उनले थपे,“अहिलेको पहिलो आवश्यकत्ता भनेको संविधान संशोधन हो, निर्वाचन त राजाले पनि गरेकै हो नि, चुनावहरु भैरहन्छन ।”
संविधानलाई लिएर मधेशमा असन्तुष्टि कायम रहेकोले आफूहरु हजारौं वर्षसम्म पनि यसका लागि लडिरहने बताए ।



प्रतिक्रिया दिनुहोस्