Logo

रोङ गापा–३ र ४ मा काँग्रेस समूह विजयी



इलाम, १७ असार । इलामको रोङ गाउँपालिका–४ मा वडाध्यक्षदेखि सबै वडा सदस्यमा नेपाली काँग्रेस प्यानल नै विजयी बनेको छ ।

वडाध्यक्षमा काँग्रेसका सूर्य राईले एमालेका रनबहादुर गुरुङलाई ६० मतले पछि पार्दै विजय हासिल गर्नुभएको हो । राईले ४१३ र गुरुङले ३५३ मत प्राप्त गर्नुभएको छ ।

काँग्रेसका तर्फबाट महिला सदस्यमा विमला तामाङ ४१४, दलित महिला सदस्यमा रमिला विश्वकर्मा ३९८, खुल्ला सदस्यहरूमा कमलकुमार राई ४०१ र डम्बर सुनुवार ३८४ मतसहित विजयी बन्नुभएको हो ।

त्यस्तै रोङ गाउँपालिका–३ मा वडाध्यक्ष र महिला सदस्यमा काँग्रेसले जितेको छ भने अन्य तीन सदस्यमा एमालेले जितेको छ । वडाध्यक्षमा काँग्रेसका मातृका बरालले एमालेका खड्ग आलेलाई ८८ मतले पछि पार्दै विजय हासिल गर्नुभएको हो । बरालले ७२३ र आलेले ६३५ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा काँग्रेसकी योगमाया सुनुवार ६८६, एमालेको तर्फबाट दलित महिला सदस्यमा इन्द्रकला विश्वकर्मा ६८४, खुल्ला सदस्यहरूमा दुर्गा बराइली ६५० र प्रेमराज गुरुङ ६०८ मतसहित विजयी हुनुभएको छ ।

इनपा–८ मा काँग्रेस र ९ मा एमाले प्यानल विजयी

इलाम नगरपालिका–८ को वडाध्यक्षमा काँग्रेसका होम बस्नेत ९०९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका तिलक ठकुरीले ८५८ मत ल्याउनुभयो । यस वडाका सबै सदस्य पदमा एमाले विजयी भएको छ ।

इनपा–९ को वडाध्यक्षमा एमालेका श्यामकृष्ण घिमिरे एक हजार २६० मत ल्याएर प्यानलसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोपाल चौहानले एक हजार १०० ल्याउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्