Logo

उदयपुरगढी गाउँपालिकाको मेयरमा एमालेका केपछाकी मगर विजयी



उदयपुरगढी, १७ असार । उदयपुरगढी गाउँपालिकाको मेयरमा एमालेका मानबहादुर केपछाकी मगर, उपमेयरमा एमालेकै सानुकुमारी राउतले विजयी हाँसिल गरेका छन् । अध्यक्षमा मानबहादुर केपछाकी मगरले ४४२५ र सानुकुमारी राउतले ४०२३ ले विजयी हाँसिल गरेका हुन् ।

एमालेले १, २ र ७ मा प्यानलै जितेको छ भने एमाओवादीले ३ मा प्यानल जितेको छ । १५ हजार ८ सय छत्तिस मतदाता भएकोमा रैती, बर्रे। बाहुनीटार, थाक्ले, केउरेनी, डुम्रे, उदयपुरगढी, जग्रेटार, नरेटार, सित्तले र हाडेवास मतदान केन्द्रबाट जम्मा १० हजार एक सय ७६ मत खसेको थियो ।

जसमध्ये एमाले २४ स्थान, काँग्रेस १२ र एमाओवादीले ६ स्थान प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्